यस्तो रहनेछ आइतवारको मौसम
प्रकाशित मिति : 19 May, 2024 7:33 am
काठमाडौँ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।