८ माघ २०८१, मंगलबार

गौशाला सडक किनार अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

प्रकाशित मिति :  19 May, 2024 3:30 pm


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।

आइतवार महानगरपालिकाले मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो । गौशाला चोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरू भत्काएको महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरू भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरित बनाएका महानगरपालिका भित्रका संरचनाहरु भत्काउँदै आएको छ । 



प्रतिक्रिया दिनुहोस !