७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सुरू

प्रकाशित मिति :  19 May, 2024 3:40 pm


काठमाडाैँ । कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सुरू भएको छ । महोत्सवको आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् ।

महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाहरूमा रहेका प्राकृतिक रमणीयस्थलहरूमा विगतदेखि नै बाक्लोरूपमा चलचित्र छायाङ्कन हुँदै आएका छन् ।

विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरू पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रिय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्य लगायत कथाले मागे अनुरूपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाँकन हुने गरेको छ ।

तर त्यो हिसावले चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरू शुन्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए ।

उद्घाटन कार्यक्रम विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवको व्यवस्थापन नेपाल चलचित्र संघ कोशी प्रदेशले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !