जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुँदै
काठमाडाैँ । नेपाल व्यवस्थापन संघले जेठ १८ (शुक्रवार) सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । संघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १८ शुक्रवार काठमाडौँको सोल्टी होटलमा सिइओ कन्फरेन्स आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सीइओ कन्फरेन्समा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण,ज्ञान र विचार प्रस्तुत हुने संघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहनराज ओझाले परिर्वतनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने मुल नाराका साथ सिइओ सम्मेलन गर्न लागेको बताए । उनले कामको भविष्य परिवर्तित परिदृश्य आत्मसात मुख्य विषय वस्तु रहेको बताए ।
अध्यक्ष ओझाले सरोकारवालालाई प्रविधि,उदयमान उद्योग,नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्यमा गर्नसक्ने अन्वेषणमा सहयोग पुग्ने बताए ।
संघले कोभिड–१९ महामारी,अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा सम्मेलनले वैश्विक मुद्दा सम्बोधनका लागि नेपालको व्यवस्थापनका नवप्रवर्तनमा आधारित सोच,ज्ञान,व्यवहारिक पहलहरुको आदानप्रदान र सहकार्य सहयोग पुग्ने बताएको छ ।