२७ पुस २०८१, शनिबार
संसद‍् बैठक

रास्वपा कायरहरूको पार्टी हाेइन्: रवि

प्रकाशित मिति :  19 May, 2024 6:37 pm


काठमाडौं । गृहमन्त्री रवि लामिछानले रास्वपा कायरहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय बोल्दै उनले मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराने तर रास्वपा कायरहरूको पार्टी नभएकाले नडराउने बताए ।

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । “हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन,” उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति प्रश्न गर्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !