२७ पुस २०८१, शनिबार
संसद‍् बैठक

दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल हुने थिएन्: गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  19 May, 2024 6:51 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल नहुने बताएका हुन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ । आश्चर्यको बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ। लोकतन्त्रको कुन अभ्यास हो,” उनले भने।

गृहमन्त्री लामिछानेले नेपाली कांग्रेस कस्तो लोकतान्त्रिक पार्टी भएको भन्दै प्रश्न गरे । उनले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले स्वेड सेयर लिएको र पछि छाडेर हिँडेको बताए।

“स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ। छोड्दा सेयर पनि छोडेँ। गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन। मेरो संलग्नता कहीँ कतै छैन र देखिएन। त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन,” उनले भने।

उनले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !