२६ पुस २०८१, शुक्रबार
गगन थापा पत्रकार सम्मेलन

एमाले र रास्वपाबिच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छः गगन थापा

प्रकाशित मिति :  19 May, 2024 10:27 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच सहकारी ठगी र गिरिबन्धु टि स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् ।

आइतवार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर पनि गरे ।

सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूल सो समितिमा नरहने बताउनु भएको महामन्त्री थापाको जिकिर थियो । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए  । 

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानविन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।



प्रतिक्रिया दिनुहोस !