८ मंसिर २०८१, शनिबार

तीन प्रदेशमा बिहानदेखि हल्का वर्षा, कहाँ कहाँ हुँदैछ भारी वर्षा?

प्रकाशित मिति :  20 May, 2024 7:21 am


काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमवार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकि पहाडी भूभागहरुका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनमो मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !