जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
प्रकाशित मिति : 20 May, 2024 10:18 am
काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
सोमबार बिहान बसेको पार्टीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको जनमत पार्टीकी प्रमुख सचेतक अनीता देवीले बताइन्।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएकाले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागि दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधि सभा समक्ष विश्वासको मत लिनु पर्ने हुन्छ ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गर्दैछन्।