प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय
प्रकाशित मिति : 20 May, 2024 11:29 am
काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
सोमवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठक पार्टीका सांसदहरूलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनले विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरूले संसद अवरुद्ध नगर्ने आफूहरुको विश्वास रहेको बताए । प्रमुख सचेतक परियारले संसदीय अभ्यासमा संवैधानिक काम गर्दा प्रतिपक्षले अवरोध गर्नु नहुने बताए ।