२७ पुस २०८१, शनिबार

सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस्ः प्रधानमन्त्री

प्रकाशित मिति :  20 May, 2024 12:35 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन काँग्रेससहितका प्रतिपक्ष दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे । उनले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभइ सक्रिय विश्वासको मत चाहिएको बताए ।

उनले भने, “सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी छ । सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन सक्दैनन् । हामीले असीको दशक तिब्र विकासको दशक भनेका छौँ । त्यसका लागि वृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ ।”

प्रधानमन्त्री दाहालले काँग्रेसले बिरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !