२६ पुस २०८१, शुक्रबार

काँग्रेसलाई प्रधानमन्त्रीले भने: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ

प्रकाशित मिति :  20 May, 2024 12:44 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताएका छन् ।

सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए ।

उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।

“नेपाली काँग्रेसका सबै मान्य सदस्यहरुलाई भन्न चाहन्छु, तपाईहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो”, उनले भने ।

प्रधानमन्त्री दाहालले काँग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा स्थपित हुने बताए ।



प्रतिक्रिया दिनुहोस !