८ माघ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

प्रकाशित मिति :  20 May, 2024 1:05 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत पर्‍यो। १ सांसद तटस्थ बसेका थिए ।

आज प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।



प्रतिक्रिया दिनुहोस !