२६ पुस २०८१, शुक्रबार
राष्ट्रिय सभा

काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

प्रकाशित मिति :  20 May, 2024 2:07 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरूले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो । काँग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताए ।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !