२७ पुस २०८१, शनिबार
पत्रकार सम्मेलन

रविलाई काँग्रेसको चेतावनीः काँग्रेस माथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

प्रकाशित मिति :  20 May, 2024 4:29 pm


काठमाडाैँ । नेपाली काँग्रेसले काँग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएकाे आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिएका हुन् । नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

“जसरी नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरूमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौति दिन चाहन्छाैँ, चुनौतिपूर्वक भन्न चाहन्छाैँ, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौति छ,” उनले भने ।

उनले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताए ।



प्रतिक्रिया दिनुहोस !