बालेनको आक्रोश: चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन
प्रकाशित मिति : 20 May, 2024 6:48 pm
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका फोहोर बोक्ने गाडीका चार चालकलाई पक्राउ गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै महानगरका चालकहरुलाई स-सम्मान रिहा नगरेसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूका घरबाट फोहोर नउठाउने बताएका छन् ।
“भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले,”सामाजिक सञ्जालमा उनले लेखेका छन्, “जबसम्म स-सम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।”