८ मंसिर २०८१, शनिबार

मंगलवार यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  21 May, 2024 6:58 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मंगलवार बिहान कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !