११ मंसिर २०८१, मंगलबार

सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छः उपप्रधानमन्त्री महासेठ

प्रकाशित मिति :  21 May, 2024 8:29 am


काठमाडौँ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन्।

सोमवार काठमाडौंमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताएका छन्।

पाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गर्दै मन्त्री महासेठले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्व दिएर जान अहिलेसम्म नसकेको बताए।

नेपाल सुन्दरताको खानी भएको चर्चा गर्दै उनले सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्। चलचित्र क्षेत्र देश चिनाउने महत्वपूर्ण क्षेत्र भएको भनाइ उनको छ।

महासेठले भने, “नेपाललाई विश्वकै फिल्म सुटिङ गर्ने ठाउँ बनाउन सकिन्छ । हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल हो । यस्तो देश कम नै पाइन्छ । यसमा सरकारले प्रमुख भुमिका खेल्नुपर्छ ।”

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको बताए।

केसीले चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गरिरहेको जनाउदै नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न आफूहरु लागिरहेको बताए।

अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा कतिपय समस्या आइरहेको भन्दै सरकारलाई सहजीकरणका लागि अनुररोध गरे।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !