८ माघ २०८१, मंगलबार

मंगलवारदेखि पुनः सञ्चालनमा भङ्गहा–जनकपुर–जयनगर रेल सेवा

प्रकाशित मिति :  21 May, 2024 8:35 am


काठमाडौँ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा बन्द भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलवार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी गराएको थियो ।

सोमबार निर्वाचन सम्पन्न भएपछि महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा रेलसेवा पुनः सञ्चालनमा आएको हो ।



प्रतिक्रिया दिनुहोस !