थलीमा मृत फेला परेका पुरुषको खुल्यो पहिचान
प्रकाशित मिति : 21 May, 2024 9:34 am
काठमाडौँ । आज बिहान काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ।
मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ। मृत नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो।
उनी मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला गरेका थिए। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो।
उनको शव कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको थियो । प्रहरीले शव भएको स्थानमा दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले जानकारी दिएको छ।