८ माघ २०८१, मंगलबार

धुलिखेल–खावा सडक मंगलबार र वुधबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिने

प्रकाशित मिति :  21 May, 2024 10:51 am


काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत् धुलिखेल खावा सडक मंगलबार र बुधबार दिउँसो ४ घण्टा अवरुद्ध हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड पूर्णरूपमा बन्द रहने काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको “जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकमा बसेको सम्पूर्ण सरोकारवालासँगको बैठकको निर्णयानुसार सडक डिभिजन भक्तपुर अन्तर्गत निर्माणाधीन अरनिको राजमार्ग (धुलिखेल–खावा ४ किमि सडक खण्ड) मा निर्माण कार्य गर्न जेठ ८ र ९ गते बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म जम्मा ४ (चार) घण्टा सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सञ्चालन पूर्ण रूपमा बन्द रहने हुँदा सोही बमोजिम गर्नुरगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,”

जिल्ला प्रशासन कार्यालयले त्यस अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !