प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, पेलेरै सदन अगाडि बढाउँदै सभामुख
प्रकाशित मिति : 21 May, 2024 1:00 pm
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका छन्।
कांग्रेसको नाराबाजीबिच सभामुखले संसदको कार्यसूची अगाडि बढाइरहेका छन्।