कांग्रेसकाे नाराबाजीकै बिच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित
काठमाडाैँ । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।
कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए। मर्यौदापालकलाई सभामुखले सुरक्षा प्रदानका लागि निर्देशन दिए।
त्यसपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनको प्रति टेबुल गरे।
प्रधानमन्त्रीले टेबल गरेको प्रति निर्णयार्थ पेस गरेका थिए। सँगसँगै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि उनले यही शैलीमा निर्णयार्थ पेस गर्दै सर्वसम्मतीले पारित भएको जानकारी सदनलाई गराएका छन्।