सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्याली
प्रकाशित मिति : 21 May, 2024 2:21 pm
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।
मंगलवार काठमाडौँमा मोटरसाइकल र्याली सहित सहकारीको रकम अपचलनबिरुद्ध बिरोध जनाएको हो ।
संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए ।