तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा, यस्तो रहनेछ बुधवारको मौसम
प्रकाशित मिति : 22 May, 2024 6:52 am
काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
बुधवार बिहानीपख गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी तीन दिनको मौसम सम्बन्धी जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।