११ कार्तिक २०८१, आइतबार

भक्तपुरमा कोरोना संक्रमित भएका एक जना सशस्त्र प्रहरीका जवान

प्रकाशित मिति :  13 May, 2020 9:26 am


काठमाण्डौं, ३१ वैशाख । 

भक्तपुरमा कोरोना संक्रमित भएका एक जना सशस्त्र प्रहरीका जवान भएको खुलेको छ । रामेछाप घर भई भक्तपुर बस्दै आएका २७ वर्षीय जवानमा हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा दरवन्दी भएका उनलाई टेकु अस्पतालमा भर्ना गरिएको छ ।

हिजो अबेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । हिजो विहान ५७ जनामा संक्रमण भएको पुष्टि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुकी काठमाण्डौं, भक्तपुर, पर्सा, महोत्तरी,धनुषा र सर्लाही जिल्लामा २६ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको थियो।

जसमा भक्तपुरमा एक महिला र एक पुरुष संक्रमित भएको मन्त्रालयले जनाएकार गराएका थियो । ति मध्य १ जना स्टाफ नर्स र एक जना सशस्त्र प्रहरी जवान भएको खुलेको हो ।



प्रतिक्रिया दिनुहोस !