१६ लाख ७८ हजार किसान विद्युतीय प्रणालीमा सूचीकृत
काठमाडौँ । देशभरका १६ लाख ७८ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् ।
देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १६ लाख ७८ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवारसुविधारअनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
किसान परिचयपत्र वितरण भएपछि वास्तविक किसानको पहिचान खुल्ने भएकाले अबदेखि किसानको नाममा राज्यले छुट्ट्याएको अनुदान रकमको दुरुपयोग रोकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटीले बताइन् ।
सरकारले किसान सूचीकरणका लागि एउटा वेबसाइट निर्माण गरेको छ । उक्त वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको संख्या, परिवारको सदस्य संख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच,कृषि व्यवसायी, फर्म, उद्यमीलगायतको विवरण संकलन गरेर राख्ने गरिएको छ ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान परिचयपत्र वितरण गरिने मन्त्रालयले जनाएको छ ।