८ मंसिर २०८१, शनिबार

सिङ्गापुरः विमान दुर्घटनामा १ जनाको मृत्यु, ३० जना घाइते

प्रकाशित मिति :  22 May, 2024 11:51 am


काठमाडौँ । लण्डनबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको विमाaन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएको बताइएको छ ।

प्राविधिक समस्याका थाइल्याण्डको राजधानी बैंककको सुवर्णभूमि विमानस्थलमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो ।

विमानमा जम्मा २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको एयरलाइन्सले जनाएको छ । घाइते यात्रुसहित सातजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको सुवर्णभूमि विमानस्थलका महाप्रवन्धक कित्तिपोङ कित्तिकाचोर्नले बताए ।

विमानस्थलका अधिकारीहरूले बाँकी यात्रुहरूलाई सहयोग गरिरहेका छन् । प्रतिस्थापन विमान मंगलवार राति विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कित्तीपोङले बताए ।



प्रतिक्रिया दिनुहोस !