८ मंसिर २०८१, शनिबार

रुसी सम्पती रोक्का गर्न ईयु सहमत

प्रकाशित मिति :  22 May, 2024 12:04 pm


काठमाडौं । युरोपेली संघ (इयु) काउन्सिलले इयु सदस्य राष्ट्रहरूका मन्त्रीहरूले युक्रेनको सैन्य प्रयासलाई समर्थन गर्न रसियाको केन्द्रिय बैंकको रोक्का गरिएको सम्पतीबाट प्राप्त रकम प्रयोग गर्न सहमत भएका छन् ।

सम्झौता अन्तर्गत यी सम्पत्तिहरूबाट नाफाको ९० प्रतिशत युक्रेनका लागि सैन्य सहायता प्रदान गर्ने ईयुद्वारा सञ्चालित कोष युरोपेली शान्ति सुविधालाई छुट्याइएको छ ।

बाँकी १० प्रतिशतले युक्रेनको रक्षा उद्योग क्षमता र पुनर्निर्माण आवश्यकताहरूलाई बलियो बनाउनेछ । काउन्सिलको तथ्याङ्क अनुसार सिबिआर सम्पतीमा लगभग २६० बिलियन यूरो जि ७ साझेदारहरू, इयु र अष्ट्रेलियाको अधिकार क्षेत्रहरूमा धितो र नगदमा स्थिर गरिएको छ । यी जम्मा गरिएका सम्पतीहरूको दुई तिहाइभन्दा बढी इयु भित्र राखिएको छ । –एजेन्सी



प्रतिक्रिया दिनुहोस !