२५ पुस २०८१, बिहिबार

अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँः प्रधानमन्त्री

प्रकाशित मिति :  22 May, 2024 2:15 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् ।

बुधवार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरूको प्रश्नमा उनले यस्ताे बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पारे । उनले यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए । उनले कैलाश सिरोहियासँग सरकारको नुकै शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको बताए ।

प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताए ।



प्रतिक्रिया दिनुहोस !