लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा
प्रकाशित मिति : 22 May, 2024 4:59 pm
काठमाडौँ । गत बुधबार उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका छन् ।
जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सफाइ दिएपछि टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका लामिछानेलाइ अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेको हो ।
“नेपालस्थित अमेरिकी राजदूतावासले फेरि त्यही गरे, सन् २०१९ मा जे मलाई गरेका थिए”, लामिछानेले लेखेका छन्, ‘उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेका छन्।”