रोल्पाका दुई गाउँपालिकाका डढेलो प्रभावित घरपरिवारलाई निशुल्क उपचार गर्ने सम्झौता
प्रकाशित मिति : 23 May, 2024 12:56 pm
रोल्पा । एडमण्ड सिटी अस्पताल बुटवलले रोल्पाको लुङ्ग्री गाउँपालिका र सुनिलस्मृति गाउँपालिकाका डढेलो प्रभावित घरपरिवारलाई निशुल्क उपचार गर्ने भएको छ ।
दुई पालिकाका डढेलो प्रभावित घर परिवारलाई निशुल्क उपचार गर्ने गरी अस्पतालसँग सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले सम्झौता गरेको हो ।
सम्झौतामा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ् रिरिपका ८ र सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीका ३ घर परिवारका सदस्यले सेवा पाउने उल्लेख छ ।
प्रतिष्ठानका अध्यक्ष योगेन्द्र अनुपम जिसीका अनुसार १ वर्षसम्म ११ घरपरिवारका ६३ जनाले सेवा पाउनेछन् ।
सम्झौता अनुसार अस्पतालबाट प्रदान हुने औषधी बाहेकका सम्पूर्ण उपचार सेवाहरू नि : शुल्क हुने छन् ।
खाने बस्ने व्यवस्था भने स्वयं विरामीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।