बाँकेको नाका आजदेखि ४८ घण्टासम्म बन्द
प्रकाशित मिति : 23 May, 2024 2:54 pm
काठमाडौँ । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् ।
पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस प्रदेशसँग जोडिएका सीमा नाका ४८ घण्टासम्म बन्द हुने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय नेपालगज, बाँकेले रापतीसोनारी र नरैनापुर गाउँपालिकासँग जोडिएका सीमा नाकाहरू बन्द रहने सूचना प्रकाशित गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोर सिंह माझीका अनुसार जेठ १० गते राति १०:३० देखि जेठ १२ गते बेलुका ५ बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिए ।
नाका बन्द गरिए पनि अत्यावश्यक वस्तु वा सामान ल्याउन पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।