८ मंसिर २०८१, शनिबार

शुक्रवार र शनिवार पहाडी क्षेत्रमा वर्षा हुन सक्ने

प्रकाशित मिति :  24 May, 2024 7:23 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

शुक्रवार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार र शनिवार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार दिउँसो पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार शुनिवार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !