विश्वमा उत्पन्न अवसर र चुनौतिको सामना गर्न कुटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छः मन्त्री श्रेष्ठ
काठमाडौँ। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतिको सामना गर्नसक्ने कुटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताएका छन्।
बिहीवार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले परिवर्तित विश्वमा भएको प्रविधि र तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतिको सामना गर्न ज्ञानमा आधारित अध्ययन,अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताए।
मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको ३ सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कुटनीतिक नियोगहरुबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रिय मञ्चहरुमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतिपूर्ण रहेको जनाए।
श्रेष्ठले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारीहरु अतिकम विकसित मुलुकहरुको ग्लोवल व्युरोको अध्यक्षता,आर्थिक तथा सामाजिक परिषद्को सदस्य,संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम,सुदृढ,व्यवसायीक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गरे।
उनले परराष्ट्र सेवालाई कानूनी रुपमा अझ संस्थागत गर्न,समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवद्र्धन मिलाउनुपर्ने आवश्यकता देखिएको चर्चा गर्दै परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने खाँचो औँल्याए।
उनले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिँदै प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गरे।
श्रेष्ठले सरकार तथा मुलुकमा समग्र राजनीतिक नेतृत्व परराष्ट्र सम्बन्धका आधारभुत विषयमा सहमति कायम गर्न तथा विदेश नीतिका विषयलाई राजनीतिक दाउपेजबाट माथि राखि मुलुकको राष्ट्रिय हित र प्रवद्र्धनमा उच्च महत्व दिने उल्लेख गरे।
उले परराष्ट्र सेवालाई थप संस्थागत गर्न र अन्तर्राष्ट्रिय मञ्चहरुमा थपिएका चुनौति र असहजताकाबीच मुलुकको राष्ट्रहित प्रवद्र्धन गरी नेपालको हक हित संरक्षणका लागि विज्ञ कर्मचारीबाट सेवा लिन आवश्यक रहेको बताए।
परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र सेवामा मुलुकले गरेको लगानीको प्रतिफल लिन राजदुत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरी थप व्यवस्था गर्ने प्रतिवद्धता जनाए।
उनले भने, “परराष्ट्र सेवालाई थप संस्थागत गर्न र अन्तर्राष्ट्रिय मञ्चहरुमा थपिएका चुनौती र असजताकाबीच मुलुकको राष्ट्रहित प्रवद्र्धन गरी नेपालको हक हित संरक्षणका लागि विज्ञ कर्मचारीबाट सेवा लिनुपर्छ । परराष्ट्र सेवामा मुलुकले गरेको लगानीको प्रतिफल लिन व्यवसायिकताको कदर गर्न राजदुत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहनेगरी थप व्यवस्था गर्दै लगिनेछ ।”
श्रेष्ठले बदलिँदो विश्व परिस्थिति पछिल्लो समय एशिया केन्द्रित हुँदै आएको चर्चा गर्दै नेपालको भू–राजनीतिक अवस्थिति र त्यसले उत्पन्न गरेको संवेदनशिलतालाई समेत ध्यान दिएर नेपालको सार्वभौम सत्ता,भौगोलिक अखण्डता,स्वाधिनता,स्वाभिमान र हितको रक्षा गर्ने कार्यलाई सर्वोपरी ठान्न आवश्यक रहेको बताए।
उनले सरकारका सम्पूर्ण नीति योजना र निर्णयहरुले देशलाई सेवा गरेको हुनुपर्ने बताए। उले परराष्ट्र सेवाले मुलुकको कुटनीतिले आर्थिक कुटनीतिकमार्फत देशको आर्थिक विकास र समृद्धिलाई योगदान पु¥याउनुभएको उल्लेख गरे।
—न्युज एजेन्सी नेपाल