२७ पुस २०८१, शनिबार

काँग्रेसका नेताहरूमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

प्रकाशित मिति :  24 May, 2024 4:15 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिएका हुन्।

उनले नेपाली काँग्रेसका नेताहरू छानविनको दायरामा आउन तयार रहेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरूमाथि संसदमा बोलेरै आरोप लगाएकाे भन्दै त्यसमा पनि सबैमाथि छानविन गर्न आफूहरू तयार रहेको बताए ।

उनले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गरे। उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताए ।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरे । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उनले बताए । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाए ।

सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरे ।

उनले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !