सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
प्रकाशित मिति : 24 May, 2024 6:33 pm
काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश रोमा कान्त ज्ञवालीको एकल इजलासले तीन दिन म्याद थपेको हो । गत मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।
अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।