४ आश्विन २०८१, शुक्रबार

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख्यमन्त्री पोख्रेलद्धारा १० शैयाको आईसीयु उद्घाटन

प्रकाशित मिति :  13 May, 2020 2:30 pm


दाङ, ३१ वैशाख ।

मुख्यमन्त्री शङ्कर पोखरेलले आज दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको लागि सबैखाले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको बताउँदै प्रतिष्ठानमा चिकित्सा शिक्षा पनि शुरु गर्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले अस्पतालको विकास र हितका लागि गुरुयोजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराइने प्रतिबद्धता व्यक्तसमेत गरे ।

मुख्यमन्त्री पोखरेलले  प्रतिष्ठानको १० शय्याको आइसीयुको उद्घाटनसमेत गरेका छन् ।  प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीले प्रतिष्ठानले हाल गरेको कोरोना नियन्त्रणसम्बन्धी कामकारवाहीबारे जानकारी दिँदै प्रतिष्ठानको विकासका लागि थप बजेट माग गरिन् ।

बालरोग विशेषज्ञ डा.किशोर खत्रीले नवजात शिशु र बाल उपचार, कक्ष र सघन उपचार कक्षबारे जानकारी गराए । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रल्हाद कार्की र कामु रजिष्ट्रार कैलाश देव र डिन वसन्त लामिछानेले पनि प्रतिष्ठानका कामबारे जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको निरीक्षण गरेका अस्पतलाका मेडिकल सुपरिटेण्डेन्ड डा. सर्वेश शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !