८ मंसिर २०८१, शनिबार

चीनका एक व्यक्तिले २७ वर्षमा ३० हजारभन्दा बढी रूख रोपे

प्रकाशित मिति :  26 May, 2024 10:56 am


काठमाडौँ । चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रूख रोपेका छन् ।

लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गरेका थिए । उनले सन् १९९७ मा रूख रोप्ने प्रयास सुरू गरेका थिए । जबसम्म खुला ठाउँ रहन्छ आफू रुख रोपिरहने उनले बताए । पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको बताए ।

झन्डै तीन दशकपछि लिउले रोपेका रूखहरू हरियाली वनमा परिणत भएका छन् । जसले प्रत्येक वर्ष १० हजार भन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ ।



प्रतिक्रिया दिनुहोस !