३१ भाद्र २०८१, सोमबार

नेप्सेको ओरालो यात्रा कायमै

प्रकाशित मिति :  13 May, 2020 2:39 pm


काठमाण्डौं, ३१ वैशाख ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०।३२ मा पुगेको छ ।

परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो ।

कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।

कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर आठ लाख ६२ हजार ९५० रुपैयाँमा खरिदबिक्री भयो ।

यस्तै नेपाल बैंकको तीन लाख ९८ हजार १९०, नबिल बैंक दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर ९० हजार ४५० रुपैयाँमा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३—३ प्रतिशतले गुमाए ।

यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९र२.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए ।



प्रतिक्रिया दिनुहोस !