बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छः प्रधानमन्त्री
प्रकाशित मिति : 26 May, 2024 1:14 pm
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताएका हुन् ।
उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आइतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।
उनले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।