१० माघ २०८१, बिहिबार

आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

प्रकाशित मिति :  26 May, 2024 1:59 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

आइतवार आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको भन्दै आगामी वर्षको बजेट अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी ल्याउन आवश्यक रहेको बताए । उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे ।

उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको व्यवस्थान गर्न र सामाजिक रुपान्तरणकारी बजेट ल्याउन आग्रह गरे ।

उनले पूर्वाधारको शिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीति देखि लिएर १६ औं पञ्चवर्र्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !