२५ पुस २०८१, बिहिबार

रविलक्षित रामकुमारीको टिप्पणीः ‘सहकारीमा जम्मा भएको पुँजी अपचलन गरेर अवस्था बदलिँदैन’

प्रकाशित मिति :  26 May, 2024 3:10 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरूको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरिन् ।

उनले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन् । उनले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताइन् ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !