८ मंसिर २०८१, शनिबार

तीन प्रदेशका हल्कादेखि मध्यम वर्षा हुने

प्रकाशित मिति :  27 May, 2024 7:09 am


काठमडौँ। नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ भने पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ।

सामेबार बिहानदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/सहित हल्का देखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !