पहिलोपटक फ्रेन्चाइज भलिबल लिग गर्न पुनः सम्झौता
काठमाडौँ। पहिलोपटक नेपालमा फ्रेन्चाइज भलिबल लिग गर्न फेरि सम्झौता भएको छ । दुई वर्ष अगाडि पनि नेपालमा फ्रेन्चाइज लिग गर्न नेपाल भलिबल संघले प्रक्रिया अगाडि बढाएको थियो ।
यो आयोजनाका लागि सम्झौता नै भएको झन्डै दुई वर्ष बितिसक्दा पनि हुन सकेन । त्यतिबेला भलिबल संघ र नेपाल स्पोटर््स एन्ड इभेन्ट म्यानेजमेन्टबीच पुरुष र महिलाको नेपाल सुपर लिग गर्न सम्झौता भएको हो ।
नेपाल सुपर लिग फुटबल गरिरहेको नेपाल स्पोर्टस् यो आयोजनाबाट पछि हटेपछि संघले केडिया ग्रुपसँग आइतबार नयाँ सम्झौता गरेको छ । २०७८ साल भदौमा गरिएको १० वर्षे सम्झौता रद्द गर्दै संघले केडिया ग्रुपसँग नयाँ सम्झौता गरेको हो ।
नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा फ्रेन्चाइज पुरुष लिग भलिबल हुन लागेको हो । त्यसका लागि संघ र नेपाल भलिबल संघबीच आइतबार नै सम्झौता पनि भएको छ ।
यसै वर्षको आगामी फागुनमा फ्रेन्चाज लिग भलिबल हुने तय गरिएको छ । आईतवार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया ग्रुपका प्रवन्धक विमलकुमार केडियाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौता सात वर्षका लागि हुने भएको छ । केडिया ग्रुपका प्रवन्धक विमलकुमारले पत्रकार सम्मेलनमा नै कुनै पनि हालत यस पटक पुरुषको फ्रेन्चाइज भलिबल लिग हुने विश्वास व्यक्त गरे ।
उनले आवश्यक परेमा महिलातर्पm पनि फ्रेन्चाइज लिग गर्न तयार रहेको समेत बताए । संघका अध्यक्ष चन्दले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन केडिया ग्रुपले नै गर्ने र त्यहाँ संघको प्राविधिक जिम्मेवारी मात्र रहने बताए ।
त्यसबापत संघले वार्षिक ३५ लाख रुपैयाँ दिने सम्झौतामा उल्लेख छ । उनी यसपटक सम्झौताअनुरूप हुनेमा विश्वस्त देखिए ।सम्झौतासँगै केडिया गुपले प्रतियोगिता सञ्चालका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ ।
केडिया ग्रुपका प्रवन्धक केडियाले भलिबलको विकाशमा योजनावद्ध ढंगले हुने आशासमेत व्यक्त गरे ।
— न्युज एजेन्सी नेपाल