ह्याकरको कब्जामा लुम्बिनी प्रदेश सभाको वेबसाइट, लेखियो,‘टर्किसहरू आउँदा ढोका बन्द हुने छैन’
प्रकाशित मिति : 27 May, 2024 8:30 am
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको वेबसाइट ह्याक भएको छ ।
साइटको मुख्य फोटो रहेको क्षेत्रमा टर्कीको झण्डासहित पृष्ठभूमिमा आर्मीहरूको फोटो छ ।
वेबसाइटमा हर्निफेर समूहले ह्याक गरेको उल्लेख छ । साइटमा आंशिक रुपमा ह्याकर समूहले आफ्ना विवरणहरू राखेको
छ । साइटको मुख्य पेजमा ‘टर्किसहरु आउँदा ढोका बन्द हुने छैन’ लेखिएकाे छ ।