७ माघ २०८१, सोमबार

चितवन दुर्घटनाः एकको मृत्यु, २२ जना घाइते, घाइते हुने अधिकाँश प्युठान र अर्घाखाँचीका (सूचीसहित)

प्रकाशित मिति :  27 May, 2024 8:28 am


काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर रहरेको छ ।

आइतवार राती काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।

मृत्तककाे पहिचाइ भइसकेकाे छैन । घाइते हुनेमा अधिकांश प्युठान र अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूको सूचीः

१। सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२। निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३। निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४।सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५। पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६। पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७। समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८। तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९। मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०। मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११। पदम थापा, ६० वर्ष (प्युठान)

१२। सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३। प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४। सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५। प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६। पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७। गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८। दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९। लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०। सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१। राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ट्रक चालक०

२२। सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)



प्रतिक्रिया दिनुहोस !