२५ पुस २०८१, बिहिबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

स्याङ्जाका स्थानीय तहको बेरुजु १५ करोड, कुन पालिकाको कति ?

प्रकाशित मिति :  27 May, 2024 11:03 am


काठमाडौँ । स्याङ्जा जिल्लाका ११ वटा पालिकाकाे बेरुजु १५ करोड ३२ लाख रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले हिजो (आइतबार) सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९\०८० को बेरुजु १५ करोड ३२ लाख ६२ हजार रहेको पाइएको हो ।

प्रतिवेदनका अनुसार गल्याङ नगरपालिकामा २ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ४१ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ । चापाकोट नगरपालिकामा १ एक अर्ब ५० करोड २८ लाख ७७ हजारको लेखापरीक्षण गर्दा १ करोड ७४ लाख ३० हजार बेरुजु देखिएको छ ।

त्यसैगरी पुतलीबजार नगरपालिकामा २ अर्ब ३५ करोड ५८ लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८ लाख ८८ हजार बेरुजु देखिएको उल्लेख गरिएको छ । भीरकोट नगरपालिकामा १ अर्ब ४३ करोड २५ लाख ५५ हजारको लेखापरीक्षण गर्दा २ करोड ५९ लाख ७९ हजार बेरुजु देखिएको छ ।

त्यस्तै वालिङ नगरपालिकामा दुई अर्ब ४२ करोड ७५ लाख ५१ हजारको लेखापरीक्षण गर्दा २ करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा १ अर्ब ८८ लाख १९ हजारको लेखापरीक्षण गर्दा ३६ लाख २३ हजार बेरुजु देखिएको छ । त्यसैगरी आँधीखोला गाउँपालिकामा १ अर्ब ३३ करोड ६६ लाख १० हजारको लेखापरीक्षण गर्दा १९ लाख ७७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कालिगण्डकी गाउँपालिकामा १ अर्ब ४५ करोड ९८ लाख ६० हजारको लेखापरीक्षण गर्दा १५ लाख ८ हजार बेरुजु देखिएको छ ।

फेदीखोला गाउँपालिकामा १ अर्ब १ करोड ७१ लाख ३१ हजारको लेखापरीक्षण गर्दा ३९ लाख ७८ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विरुवा गाउँपालिकामा एक अर्व १३ करोड ८६ लाख ४७ हजारको लेखापरीक्षण गर्दा ३२ लाख ६७ हजार बेरुजु देखिएको छ ।

हरिनास गाउँपालिकामा ९७ करोड ३५ हजार ९२ लाखको लेखापरीक्षण गर्दा दुई करोड ८० लाख ४८ हजार बेरुजु देखिएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !