सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
प्रकाशित मिति : 27 May, 2024 11:06 am
काठमाडौँ । नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज तेस्रोपटक जिल्ला अदालत, धनुषामा पेश गरिँदैछ।
उनलाई दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।
सिरोहिया नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले जाहेरी दिएपछि एक सातादेखि धनुषा प्रहरीको हिरासतमा रहेका छन् ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्यादेखिएपछि सिरोहियालाई जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उनलाई अस्पतालबाटै अदालत लजानै तयारी रहेको छ ।
सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो ।