सिरोहियाको पक्षमा दिएको अभिव्यक्तिको चर्को आलोचनापछि महजोडीले मागे माफी
प्रकाशित मिति : 27 May, 2024 11:21 am
काठमाडौँ । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् ।
सो अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हुन् । महजोडीले भिडियो सन्देश जारी गर्दै आफूहरूबाट गल्ती भएको उल्लेख गरेका छन्।
महजोडीले अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको बताए। मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठको भनाई छ ।
‘अदालतमा विचाराधीन विषयमा हामीले बोल्नु हुँदैनथ्यो। ‘ हामीबाट गल्ती हुन गयो। यसप्रति क्षमा चाहन्छौं,’ मह जोडीले भनेका छन्।